Tuesday, March 31, 2020

Mf Flo Ma Tairi Rahechu

म तैरिरहेछु, पानी माथि काठको टुक्रा जस्तो
अर्थहिन जिन्दगी छ काठको मुडा जस्तो
निस्तेज छु म गर्मी मासको हावा झै
संसार नै खल्लो चिनी नभएको चिया झै
जिट्ने सोच कत्ति थियो, तर के मा हारिन र ?
सानो उमेर देखी नै, के गल्ती गरिन र ? 
म त खराब मान्छे, पुरिएको अपराधमा
तर भगवान बस्नुहुन्छ मेरो अन्तर आत्मामा

थाहा छ हरेक कालो रात पछि बिहानी आउनेछ
अबोध बाल्यकाल हटाउन हरियाली जवानी आउनेछ
जवानीमा जे गरे पनि पछि बुडो हुने हो
मैले गरेको सबै कर्म मसँग रहने हो
जानेछु म कुनै दिन आँशुको प्याला पिउदै
गर्न सकिन केही राम्रो जब थिएँ म जिउदै
जब मेरा हात चल्थे, जब शरीर बलियो थियो
तब माग्नेछु छ्यमा हे भगवान गल्ती भयो

म जब खुशी थिएँ, तब हजुरको याद आएन
हाम्रो पुर्खाले दिएको आमुल्य सँस्कार मानिन
बाहुनको छोरो जनै लगाएर  पनि जाँड खान्थें
गुरुको अनादर गर्दै उल्टो मुख छाड्थें
दु:खमा हुँदा, शरणमा आउथेँ हजुर का' लुसुक्क परेर
सबै ठिक पारिदिनु हुन्थ्यो हजुरले मुसुक्क हाँसेर
बैगुनी म, त्यसपछि फेरी हजुरको कृपा बिर्सिन्थेँ
अनि आर्को दिन उठेर पाप गर्न निस्किन्थें

म आफुलाई राम्रो थान्छु तर म भन्दा ठुलो पापी छैन
मैले गरेको पापहरुको शायद कुनै माफी छैन
हे भगवान समय बित्यो, अहिले म साह्रै लज्जित छु
पस्चातापको आगोले म निकै ग्रसित् छु
हे भगवान म मृत्‍यु देखी डराउछु मर्न चाहदिन
मरे पनि स्वर्ग खोज्छु, नर्गमा जान चाहदिन
हजुर त दयावान कृपालु  भगवान मलाई बचाउनुस्
पस्चातापलाई प्रयास्चित् मान्नुस् मलाई अंगाल्नुस्
I Am sailing

No comments:

Post a Comment